काठमाडौं,१५,असार ।

सरकारले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्ने भएको छ ।संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।वाणिज्य मन्त्रालयको सभाहलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले इन्धनकाे मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाकाे मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिन यस्तो निर्णय गरिएको बताए ।देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत ताेक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिएको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here