काठमाडौं,१५,असार  ।

बुधबार बिहान साढे ८ बजेतिर प्रदीपजंग क्षेत्री गौशाला चोकमा ट्राफिक जाममा अड्किरहेका थिए । उनको नजर आफूभन्दा ठीक अगाडि रहेको दुई वटा पल्सर मोटरसाइकलमा पर्‍यो ।दुवै मोटरसाइकलमा एउटै नम्बर थिए । पानी परिरहेकाले सवारी चालकले रेनकोट लगाएका थिए । तर मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर थियो ।

त्यसपछि क्षेत्रीले खिचेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । एउटै नम्बरको दुई वटा मोटरसाइकल देखिने तस्वीर भाइरल भएपछि अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान थालेको छ ।कार्यालयका एसपी सञ्जिव शर्माका अनुसार अहिले दुवै मोटरसाइकलको खोजी भइरहेको छ । ‘यातायात व्यवस्था कार्यालयबाट विवरण ल्याएर कसले फट्याइँ गरेको हो भन्ने पत्ता लगाउँछौं’ उनले अनलाइनखबरसँग भने ।गुर्जुधारास्थित यातायात कार्यालय (मोटरसाइकल) का अनुसार तस्वीरको बायाँतर्फ देखिएको बजाजको पल्सर मोटरसाइकलको लागि सो नम्बर जारी भएको हो । तर बजाजकै एनएस मोटरसाइकलले पनि सोही नम्बर जडान भएको देखिएकोले तुरुन्त पक्राउ गरी ल्याउन ट्राफिक प्रहरीलाई पत्राचार गरिएको कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।उनका अनुसार बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई पनि यसबारे जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here