रौतहट,११ असार ।
रौतहटको माधव नारायण नगरपालिकाको सातौ नगर सभा शिक्षा, स्वास्थ्य, कृषि रोजगार माधव नारायणको समृद्धिको आधार भन्ने मुलनाराका साथ सम्पन्न गरिएको छ । माधव नारायण न।पा।का नगर प्रमुख बैजनाथ (बैजु) प्रसाद यादवले आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्दै ४५ करोडको बजेट सहित सातौ नगरसभा सम्पन्न गर्नु भएको हो ।
नगर सभाका सभाअध्यक्ष तथा माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ यादवले माधव नारायण नगरपालिकाको आर्थिक वर्ष २०७९र०८० को लागि ४५ करोडको अनुमानित वजेट प्रस्तुत गरेको छ । संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण नगर प्रमुख यादवले प्रस्तुत गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम नीति तथा योजनाहरुको योजना पारित गरिएको छ् ।नगर सभामा नगरउपप्रमुख निर्माला रमन, निमित प्रमुख प्रशासकीय अधिकृत जियालाल यादव सहित सवै वार्डका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वार्ड सदस्य, नगरिक समाजको प्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here