रौतहट ११ असार । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको छैटो नगरसभा बजेट अधिवेशन सम्पन भएको छ ।
शुक्रबार नगरपालिकाको छैटो नगरसभामा नगरप्रमुख अजय प्रकाशले ३६ करोड ८९ लाख ६२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा सशर्ततर्फ ११ करोड ५८ लाख ७० हजार रुपैयाँ ,संघिय राजस्व बाँडफाँडको अनुदानबाट ९ करोड ७२ लाख ३० हजार ,प्रदेश सरकारको बितिय समानिकरण ९१ लाख ६२ हजार र प्रदेश सरकारको शशर्त अनुदानबाट ३० लाख निति तथा कार्यक्रम तथा बजेट बिनियोजन नगर प्रमुखले गर्नु भएको छ ।
नगरपालिकाको कूल बजेटमध्ये अधिकांश बजेट संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रहेको छ । नगर प्रमुख जयसवालले कार्यक्रमको बजेट प्रस्तुत गर्दै नगरपालिकाको चौतर्फी बिकास हुने गरि शिक्षा, स्वास्थ्य, कृषि, सडक, लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गरे । नगर प्रमुख जयसावलले कार्यालयमा काम गर्ने कर्मचारीहरुको प्रोत्साहन स्वरुप पाईरहेको तलबमा रुपैँया दिने बताएका थिए ।
बाल बिकास शिक्षिकाहरु,खरिदार ,लेखापाल र कार्यालय सहयोगीलाई दिईरहेको तलबमा प्रोत्साहन स्वरुप मासिक रु २ हजार रुपैँया दिने बताएका छन । नगर प्रमुखले बजेट प्रस्तुत गर्दै नगरमा शिक्षा समबन्धि बिशेष जोड दिएका छन । नगर प्रमुख जयसवालले नगर भित्रका सम्पुर्ण बिधालको रङ्गरोगनलाई एकरुपता ल्याउन मर्मत ,सम्भार तथा रगंरोगनको लागी आवश्यक रकम छुटष्याउने बताउनु भयो ।
बिधालयको पहुच भन्दा बाहिर रहेका बालबालिकालाई बिधालय जाने बातावरण बनाउन बालमैत्री शिक्षामा जोड दिने बताए ।कटहरियामा प्राबिधिक शिक्षालय निर्माणमा पनि जोड दिएका थिए ।नगरलाई साक्षर बनाउन साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउने र नगरका सम्पुर्ण मानिसलाई शिक्षित बनाउने पनि योजना रहेको मेयर जैसवालले बताउनु भयो । बिधार्थीहरुको पठनपाठनमा सहज होस भनि कटहरियामा ई–लाईब्रेरी सहितको् आधुनिक पुस्तकालय निर्माणमा पहल गर्ने बताए । त्यस गरि नगर प्रमुखले सो बजेट प्रस्तुत कार्यक्रम स्वास्थ्य सम्बन्धि नगरमा १५ सैँयाको अस्पताल भवन यहि बर्षमा निर्माण गरि सेवा दिने लक्ष्य रहेको पनि बताए । उक्त कार्यक्रमलाई नगर उप–प्रमुख रिता यादबले स्वागत मन्तब्य राखेका थिए ।
सो कार्यक्रममा सहभागि हुनेमा कटहरिया नगरपालिकाको नेपालि काग्रेसको सभापति शम्भुकान्त प्रसाद यादव,समाज सेवि युवानेता जवाहर लाल यादव ,उधोगपति ओमप्रकाश जयसवाल, सम्पुर्ण वडाको वडाअध्यक्ष तथा स्थानियवासी लगायत पत्रकारहरूको सहभगिता रहेको प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश शाहले जानकारी दिनु भयो ।
Home मुख्य समाचार बाल बिकास, लेखापाल र कार्यालय सहयोगीलाई २ हजार प्रोत्साहन दिने घोषणासंगैं कटहरियाको...








