रौतहट ११ असार । रौतहटको राजपुर नगरपालिकाले आफनो छैठौं नगरसभाबाट जनमुखी नीती तथा कार्यक्रम ल्याएको छ ।
शुक्रबार सम्पन्न भएको छैठौं नगरसभाबाट राजपुर नगरपालिकाले जनताको मन जित्ने खालका निती तथा कार्यक्रम पारित गरेको छ । नगरपालिकाले नगरसबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्नका लागि ४७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ ।
नगरको चौतर्फि विकासका लागि यस चालु आर्थिक वर्ष २०७९र८० का लागि ४७ करोड १ लाख ५९ हजार ३ सय ८८ रुपैयाको बजेट पारित गरेको नगरपालिकाका अधिकृत बैजु ठाकुरले जानकारी दिएका छन । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको मेयर डा। राजिक आलमलेबताए ।
नगरपालिकाले नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी नगर भित्रका वेरोजगार युवायुवतीहरुलाई सिपमुलक तालिमको प्रवन्ध मिलाई आत्मनिर्भर बनाउदै अघि बढ्ने नगर प्रमुख आलमले विश्वास व्यक्त गरेका छन । आन्तरिक आयलाई व्यवस्थित बनाउदै शिक्षा, स्वास्थ्य, खानेपानी सहितको योजनालाई बढि प्राथमिकता दिइएको नगर प्रमुख आलमले बताए ।
नगर सभामा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु लगायतका सर्वसधारण जनताको सहभागीता रहेको निमित प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले जानकारी दिनु भयो ।








