रविन्द्र साह ।
रौतहट,११ असार ।
रौतहटको १८ वटा पालिकाको नगर सभा मध्ये सदरमुकाम गौर नगरपालिकाको १० औं नगर सभा इतिहासिक र अलि रोचक रहयो ।
जनताको नासो जनता मै रहेको १० औं गौरको नगर सभाले प्रमाणिात गरेको छ। क्षेत्र न १ को बिधान सभा (क) का बिधायक बाबुलाल साह कानुलाई नगर सभाको प्रमुख अतिथि बनाउनुले नै नगर सभा आफैमा रोचक र अर्थपूर्ण चर्चा पलाएको छ।
निवर्तमान मेयर कै पार्टी बाट निर्वाचित बिधायक बाबुलाल साह कानु , संघीय सांसद अनिल कुमार झा लगाएत समाजिक अगुवालाई कहिलै नगर सभामा आमन्त्रण न गरिए कै कारण बिधायक बाबुलाल साह कानुलाई प्रमुख अतिथि बनाएर नगर सभा आकर्षक बनाइयो ।
गौर नगर प्रमुख शम्भु साहको बिजय पछि सम्पन्न नगर सभाले नगरको विकासको लागि सबैको मर्म र भावनाअनुरूप चलाउन जानियो भन्ने राजनीति सिकाइको साथ साथै सफलताको खुड्किला चुम्न सकिने हो, होइनन् भने राम राम जपना, परया माल अपना जस्ता नारामा सिमित रहने छ । नगर सभाको सफलताको शुभकामना संगै नव निर्वाचित नगर प्रमुख सहितका सम्पुर्ण टिमलाई बधाई तथा कार्यकाल राम्रो, प्रगति युक्ति होस् भनि हाम्रो पनि कामना रहेको छ।








