रौतहट, ७ असार ।
रौतहट जिल्लाको राजदेवी नगरपालिकाले आठौं नगर सभा संपन्न गरेको छ । जिल्लाको १८ स्थानीय तह मध्ये राजदेवी नगरपालिकाले यस आ.ब.मा सबै भन्दा पहिले सोमबार ल्याएको हो । राजदेवी मन्दिर प्रांगणमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा मधेस प्रदेश सरकारका उधोग,पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव रह्नु भएको थियो । राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूको समझनामा एक मिनेट मौन धारण गरिएको थियो । जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार भन्ने नाराका साथ राजदेवी नगरपालिकाले आठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । हरेक वर्ष असार १० गते सम्म बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । त्यसको अगावै आज असार ०६ गते नै राजदेवी नगरपालिकाले बजेट सार्वजनिक गरेको हो । धेरै उत्साहका साथ सम्पन्न भएको आठौं नगरसभा बाट राजदेवी नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो ।

नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्ने ३९ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो । नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०७९र८० का लागि ३९ करोड १६ लाख ८ हजार रुपैयाँको बजेट पारित गरिएको नगरप्रमुख भिखारी राय यादवले जानकारी गराउनु भयो । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको नगरप्रमुख यादवले बताए ।

नगरपालिका नगरको हरेक घर एवं व्यक्तिहरूको विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी नगर भित्रका वेरोजगार युवायुवतीहरू सिपमुलक तालिमको प्रवन्ध मिलाई आत्मनिर्भर बनाउने,राजदेवी मन्दिर आसपासको स्थानलाई सौन्दर्यकरण कार्यको विशेष प्राथमिकताका साथ राखिएको छ,प्रसिद्ध राजदेवी मन्दिर आसपासका लागि पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाउने नगर प्रमुख यादवले बताए ।

सो नगरपालिकाको वितिय समानीकरण अनुदान १२ करोड २० लाख,सशर्त अनुदान पुँजिगत २ करोड ५२ लाख, समपूरक अनुदान ७० लाख , विशेष अनुदान २ करोड,राजस्व बाँडफाँड ८ करोड २० लाख ९२ हजार , सशर्त अनुदान चालू १९ करोड ६१ लाख गरि कुल आय ३७ करोड ३ लाख बिनियोजन गरिएको छ ।

नगरसभामा उपमेयर राजकुमारी साह, प्रमुख प्रशासकिय अधिकृत सुबोध साह ,राष्ट्रिय भूमि आयोगका रौतहट अध्यक्ष लक्ष्मण रेग्मी,सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित सुरक्षकर्मी,पत्रकारहरूको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here