रौतहट,७ असार।
रौतहट जिल्लाको राजपुर नगरपालिका अब केही दिन मै हरियाली नगरपालिका बन्ने पक्का भएको छ ।
नव निर्वाचित युवा मेयर डाक्टर राजीक आलम नगरलाई हरियो नगरको रुपमा चिन्नाउन र वातावरणलाई सन्तुलित राख्न हरियो नगर बनाउन लागिएको प्रतिक्रिया दिएका छन् । निर्वाचित भए लगतै जनताको हक हितको लागि दिन रात एक गरि काममा तिब्रता ल्याएको मेयर आलमले वातावरण शुद्धताको लागि हरियाली जरुरी रहेको बताए । हरियालीका लागि राजपुर नगरपालिका वडा न २ देखि ९ वडामा पर्ने सडक छेउमा बृक्षारोपण गर्ने भएका छ्न ।
उक्त बृक्षारोपण कार्यक्रम सोमबार देखि शुरु भएका छ्न ।
नगर उपमेयर जमिला असगरी र निमित प्रमुख प्रशासकिय अधिकृत बैज ठाकुरले प्रदेश सरकारसंग पटक पटक आग्रह गरे पछि राजपुर नगरपालिकालाई बजेट विनियोजन पश्चात अब हरियाली नगरपालिका हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here