रौतहट,७ असार ।
रौतहटको बृन्दावन नगरपालिकाले लामो समयको अन्तराल पछि प्रमुख प्रशासकियको रुपमा उपसचिब पाएको छ । तत्कालिन उपसचिव टेकराज पन्थि गए देखि प्राविधिक क्षेत्रका कर्मचारीलाई नियमित प्रमुखको जिम्मेवारी दिई कार्यालय संचालन गर्दै आएको पालिकाले सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेललाई पाएको हो । सरुवा भई कार्यालयमा हाजिर हुन आएका भुजेललाइ नगर प्रमुख बिनोद प्रसाद कुर्मीले टिका माला लगाइ नगरपालिकामा हाजिर गराइएको थिए ।
बृन्दावन नगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत भुजेलको पहिलो पटकको आगमन रहेको छ । भुजेल यस अघि जिल्लाकै इशनाथ नगरपालिकामा कार्यरत रहेको थिए । नगरपालिका प्रशासनिक कार्य संचालनका लागि यस अघि प्राविधिक शाखाका नागेन्द्र यादवलाई निमितको जिम्मेवारी दिईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here