असार ३ गते । रौतहट
रौतहटको फतुवा विजयपुर नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष अनिरूद्व प्रसाद यादवले वडाको विकास निर्माणको काम तिव्र गतिमा अगाडि बढाएका छन । वडा अध्यक्ष यादवले सडक ढलान कार्य द्रुत गतिमा अगाडि बढाएका हुन् । शुक्रवार मात्र लाखौको लागतमा निर्माण हुने एक सडक ढलान कार्यको शिलान्यास गरेका छन् । सितलपुर टोलको ट्रान्सफर्मर देखी मेवा जाने बाटोमा २७ लाखको लागतमा २१० मिटर सडक ढलानको सिलान्यास वडा अध्यक्ष यादवले गरेका हुन ।
वडा अध्यक्ष यादवले शिलान्यास गरेसँगै सडक ढलान कार्य पनि शुरु भइसकेको छ । पदभार ग्रहण गरेपछि नव निर्वाचित वडाध्यक्ष यादवले जनताको आवश्यक्ता, चाहना, इच्छा र आकांक्षा अनुसारको नै विकास निर्माणको काम गर्नथालेपछि वडावासी हर्षित भएका छन । वडाको चौतर्फि विकास गरी वडालाई एक समृद्ध र विकसित बनाउने आफनो योजना रहेको उनले बताए ।
वडा अध्यक्ष यादवको जनमुखी कार्यबाट वडावासी निकै उत्साहित भएका छन ।







