काठमाडौं,३,असार  ।

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले हरायो ।जितका लागि ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अलआउट भयो । नेपालका बलरसामु निरीह भएका भुटानका एक जना ब्याटर बाहेक कसैले पनि दोहोर अंकमा रन बनाउन सकेनन् । भुटानकी छिरिङ्ग जाङ्मोले मात्र १६ रन बनाइन् ।ओपनिङमा आएकी एसहे छोदेनलाई दोस्रो ओभरमै कविता कुँवरले बोल्ड आउट गराएपछि भुटानको विकेट पतन सुरु भएको थियो ।भुटानलाई सस्तैमा अल आउट गर्न नेपालकी सबनम राईले ४ विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी उनले मात्र ६ रन दिएर ४ विकेट लिएकी हुन् ।

यस्तै सीता राना मगर र कविता कुँवरले समान २ तथा अस्मिना कर्मचार्यले र इन्दु बर्माले समान १ विकेट लिए ।यसअघि  टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९४ रन बनाएको थियो । नेपालका ओपनर र पुछारका ब्याटरले गतिलो प्रदर्शन नगरे पनि मध्य क्रमका ब्याटरहरुले दोहोरो अंकमा रन बनाउँदा नेपालले भुटानलाई सम्मानजनक लक्ष्य दिएको थियो ।नेपालका लागि पाँचौं क्रममा आएकी काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाइन् । चौथो क्रमकी ब्याटर ईन्दु बर्माले २० रन र छैटौं क्रममा आएकी बकप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् ।भुटानका लागि सोनम पाल्दोनले सर्वाधिक ४ विकेट लिइन्। अञ्जु गुरुङ र तासी चेकीले समान १/१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here