सप्तरी ,२, असार ।

विभिन्न १९ बुँदे मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले बुधबार राजविराजमा प्रदर्शन गरेको छ ।जिल्ला अध्यक्ष उम्देश्वर साहको नेतृत्वमा राजविराज नगर क्षेत्रमा नाराबाजी गर्दै प्रदर्शन गरिएको हो । हिन्दू राष्ट्र तथा राजसंस्था समेतको पक्षमा सो क्रममा नारा लगाउँदै प्रदर्शन भएको छ । नगर परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको छ । अध्यक्ष साहका साथै उपाध्यक्ष उमेशप्रसाद साह, सचिव बलराम शर्मा, सहसचिव सुरेन्द्र साह सुरेश, क्षेत्रीय सभापति बालकदास चौधरी, केन्द्रीय सदस्य जयकुमारी महतो लगायतको अगुवाईमा बुझाइएको ज्ञापनपत्रमा धर्मनिरपेक्षता खारेज गरी नेपाललाई पूर्णधार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र घोषणा गरि नुपर्ने माग गरिएको छ । यस्तै किसानलाई मलबिऊ बिजनको व्यवस्था, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बृद्धि फिर्ता, नागरिकको मौलिक हकको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क गरिनु पर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ ।यस्तै स्थानीय तहमा लगाइएको विभिन्न अव्यवहारिक कर खारेजी, भूमिहीनलाई जग्गाको व्यवस्था, रोजगार नपाएका युवालाई निश्चित अवधिका लागि बेरोजगार भत्ता, भ्रष्टाचार र महँगी नियन्त्रण लगायतका माग पनि ज्ञापन पत्रमा समावेश गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले तत्कालै उक्त ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here