पाल्पा,२,असार ।
सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गमा टिपर चलाउन रोक लगाएको छ ।डिभिजन कार्यालयले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।। सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाह सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो ।यो सडकमा अत्याधिक भारवहन भएका टिपरहरु सञ्चानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयललाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको छ । बुटवल पाल्पा सडक वर्षाको समयमा पहिरोले दिनहुँजसो अवरुद्ध हुने गरेको छ ।








