काठमाडौं,२,असार  ।

भक्तपुरको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।चाँगुनारायण नगरपालिका-२ दुवाकोटकी ४५ वर्षीय कल्पना गुरुङ आज बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।गुरुङ बिहान साढे ६ बजे घरको तेस्रो तलाको बरण्डामा सलको पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।मृतक गुरुङको शव पोष्टमार्टमका लागि दुवाकोटकै केएमसी अस्पतालमा पठाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here