काठमाडौं ,१, असार  ।

नेपाली कांग्रेसका गगन थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे प्रधानमन्त्री शेरबहादुर देउवाकै जवाफ मागेका छन् ।बुधबार प्रतिनिधिसभामा बोल्दै उनले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले नै संसदमा जवाफ दिनुपर्ने बताएका हुन् ।कुनै पनि शक्तिराष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नहुने भन्दै उनले एसपीपी संविधानविपरीत रहेको दाबी गरे । उनले भने, ‘हामीले सबै शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । तर, सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन पाउँदैन ।’उनले प्रधानमन्त्रीले संसदमा आएर एसपीपी सम्झौता हुँदैन र गर्दैनौं भन्नुपर्ने माग गरे । ‘प्रधानमन्त्री मेरो पार्टीको सभापति पनि हुुनुहुन्छ । नेपाल एसपीपीजस्तो सामरिक स्वार्थ भएको कार्यक्रममा सहभागी हुनु हुँदैन । आजै अहिले नै यो बैठकमा आएर प्रधानमन्त्रीले आफैंले यस्तो किसिमको सम्झौता उहाँकै भाषामा ‘गर्दैन गर्दैन गर्दैन’ भनेर भन्नुपर्छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here