भक्तपुर,२७, जेठ ।
चोरिएको मोटरसाइकलसहित भक्तपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।चोरी गरी लैजाँदै गरेको अवस्थामा मोटरसाइकलसहित २० वर्षीया भोज बहादुर श्रेष्ठलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।चाँगुनारायण नगरपालिका २ दुवाकोट केएमसी चोकबाट सिन्धुली तिनपाटन गाउँपालिका वडा नम्बर ६ घर भई काठमाडौं न्यूरोड बस्ने श्रेष्ठलाई आज बिहान बाग्मती प्रदेश ०२–०३३ प ६०९१ नम्बरको मोटरसाइकल लक तोडी चोरेर लैजादैँ गरेको अवस्थामा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।निजलाई पक्राउ गर्ने क्रममा मादक पदार्थ सेवन गरेकोले हातपात गरी उनी घाइते हुदाँ प्रहरी जवान कोरियन अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।सामान्य घाइते भएका उनलाई उपचार पश्चात् अस्पतालबाट डिस्चार्ज गरिएको छ । हिरासतमा रहेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







