जेष्ठ २७, काठमाडौं ।राष्ट्रिय जनमोर्चाकि सांसद दुर्गा पौडेलले चोरी, तस्करी तथा कालोबजारी रोक्न गृह मन्त्रालय असफल भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले गृह मन्त्रालय चोरी, तस्करी र कालोबजारी रोक्न असफल भएको बताउनुभएको हो । उहाँले हत्या, हिंसा, लुटपाट र वलात्कारको घटना बढिरहेको भन्दै त्यसको अनुसन्धान पनि धेरै फितलो भएको बताउनुभयो । उहाँले सुरक्षाको जिम्मेवारी लिनेहरुनै भ्रष्टाचार, चोरी र तस्करीमा संलग्न हुने गरेका बताउनुभयो ।

 

नेकपा(एमाले)का सांसद दिपकप्रकाश भट्टले अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको उपस्थिति कमजोर भइरहेको बताउनुभयो । उहाँले दुईपक्षिय, क्षेत्रिय, उपक्षेत्रिय र अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको उपस्थिति निकै कमजोर भइरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय तथा गृह मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषद् सँग समन्वय गर्नुपर्ने भएपनि राष्ट्रिय सुरक्षा परिषद्लाई डम्पिङ साइटजस्तो बनाइएको उहाँले बताउनुभयो । परिषद् बारे आगामी आर्थिक वर्षको बजेटमा कहीँ कतै नछोएको उहाँको भनाई छ । उहाँले सातै प्रदेशका मुख्यमन्त्रीहरुले कुटनीतिज्ञहरुलाई भेटिरहेको उल्लेख गर्दै कसले सहजीकरण गरिरहेको र कुन संरचनाले काम गरिरहेको हो भन्ने प्रश्न गर्नुभयो । स्थानीय तहको जनप्रतिनिधिहरुपनि अन्तर्राष्ट्रिय संघसंस्थाको कार्यक्रममा कुनै निकायसँग सहजीकरण नगरि गइरहेका उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here