राजविराज ,२७,जेष्ठ ।

राजविराज नगरक्षेत्रमा मोटरसाइकल चोरको विगविगी बढेको छ ।दिनहँु मोटरसाईकल चोरीका घटना हुन थालेपछि काम विशेषले मोटरसाईकल चढी सप्तरीको राजविराज आउने सेवाग्राही देखि सर्वसाधारणसम्म पीडित र हैरान हुन थालेका छन् । पछिल्लो पटक सवारी धनी समेत रहेका वडा अध्यक्ष सुभाष चन्द्र यादवको राजविराज–७ स्थित वडा कार्यालय अगाडि राखिएको स.५ प.४३५६ नम्बरको सिवी साईन मोटरसाइकल चोरी भएको थियो कार्यालयको काम सकेर बाहिर निस्किदा उनको मोटरसाईकल चोरी भई सकेको थियो, उनले भने सबैतीर खोज तलास गर्दा पनि कुनै पत्ता लागेन । यस अघि सोही स्थानबाट शहरी स्वास्थ्य क्लििनिक राजविराजका इन्चार्ज संतोष दासको पनि मोटर साईकल चोरी भएको थियो । जुन हालसम्म पनि भेटिएको छैन् । यस अघि नापी कार्यलय ,मालपोत, राष्ट्रिय बाणिज्य बंैक अदालत,बन लगायतका कार्यालय अगाडिबाट पनि विभिन्न सेवाग्राहीको मोटरसाईकल चोरी भएको एक दर्जन भन्दा बढी घटना भईसकेको बताइएको छ ।त्यस्तै पार्किंग स्थलमा मोटरसाईकल संगै राखिएको हेलमेट चोरीको घटना पनि ह्वातै बढेको छ । ‘बिहीबार नै वन कार्यालय अगाडि मोटरसाईकल र हेलमेट राखेर १० मिनेटका लागि कार्यालयको काम सकाएर फर्किदा हेलमेट गायब भइ सकेको नागरिक संजाल सप्तरीका अध्यक्ष सुखरामले बताए । उनले भने ‘बिहान ११ बजेतिर बन कार्यालयमा केही कामको लागि गई फर्किदा बाहिर राखेको मोटरसाईकलबाट हेलमेट गायब भयो’ । ‘सडकमा ट्राफिक नभएको मौका छोपी चोरले यस्तो घटना गर्ने गरेको स्थानीयको भनाइ छ । यस बाहेक ठाउँ ठाउँमा सिसी क्यामरा जडान हुन नसक्दा पनि चोरको पहिचान गर्न कठिन हुने गरेको प्रहरी अधिकारी बताउँछन् । बढी चहल पहल र भिडभाड हुने स्थानमा सिसी क्यामरा जडान गर्न सकिए यस्ता चोरीका घटना धेरै हदसम्म नियन्त्रण गर्न सकिने नगरवासीको सुझाव छ । राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवले नगरका प्रमुख स्थानहरुमा छिट्टै सिसी क्यामरा जडान हुने गरी काम अघि बढेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here