जेठ २५ ,काठमाडौं । एएफसी एशियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले जोर्डनसँग खेल्दै छ । प्रतियोगिताको छनोट खेलका लागि कुवेत भ्रमण गरेको नेपाली टोलीले बुधवार राति जोर्डनसँग प्रतिष्पर्धा गर्न लागेको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्न लागेको हो । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे शुरु हुनेछ । नेपाल भन्दा फिफा वरियतामा धेरै माथि रहेको जोर्डनबिरुद्धको खेल चुनौतीपूर्ण नै हुनेछ । जोर्डन फिफा वरियताको ९१ औं स्थानमा रहको छ भने नेपाल १६८ औं स्थानमा छ । यस्तै, नेपाली टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेकाले प्रशिक्षक अबदुल्लाह अलमुताइरीको जोर्डनबिरुद्धको खेल अग्नि परीक्षाको रुपमा हेरिएको छ । नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिष्पर्धा भएको छ । तर, नेपालको नतिजा सुखद छैन । नेपालले जोर्डनबिरुद्ध तीन खेल गुमाएको छ । एक खेलभने बराबरी खेलेको छ ।

विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो । जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो । तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो । यही खेल नै चार भेट मध्येको सुखद नजिता हो । नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो । विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल ३–० ले पराजित भएको थियो । पछिल्लो पटक नेपालले जोर्डनसँग फिफा विश्वकप छनोट तथा एशियन कप छनोटको दोस्रो चरणमा प्रतिष्पर्धा गरेको थियो । गत वर्षको जेठमा कुवेतमा नै भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here