सप्तरीमा ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका नेताको मृत्यु भएको छ ।ठक्करबाट एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको मृत्यु भएको हो । सोमबार राती सप्तरीको खडक नगरपालिका वडा न ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १० प ४६११ नम्बरको स्कुटरलाई ना ६ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिदाँ उहाँको घटनास्थलमै मृत्यु भएको हो ।वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चौधरी सुरुंगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीबाट चुनाव लड्नुभएको थियो । घटनापछि आक्रोसित स्थानीयले खरचुहियामा टायर बालेर अबेर रातिसम्म सडक अवरुद्ध गरेका थिए । ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here