जेठ, २२,काठमाडौं । आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाईदै छ । नेवारी सभ्यता अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन नखः पर्व मनाउने गरिएको छ । यस वर्ष पनि सदाझैँ काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइदै छ । यस पर्वको दिन ढुंगेधारा, इनार, कुवा, धाराको मुहानमा सरसफाइ गरेर मनाइने प्रचलन रहि आएको छ । साथसाथै रोटीसहितका मिष्ठान परिकार समेत खाने गरिन्छ । सरसफाई गरिसकेपछि सो स्थानमा पुजाआजा पनि गरिन्छ । मंगलटोल सुधार समितिका सदस्य रविन कपाली ढुंगेधारा, इनार, कुवा लगायतको सरसफाइ र पुजाआजा गरेर मनाउने नखः पर्व नेवार समुदायको विशेष पर्व रहेको बताउनुहुन्छ ।

रविन कपाली, सदस्य, मंगलटोल सुधार समिति

काठमाडौँ उपत्यकाको पुरातात्विक, धार्मिक तथा ऐतिहासिकतालाई झल्काउने ढुंगेधाराहरुको संरक्षणमा सरकारले चासो नदेखाएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । हालसम्म स्थानीयको जागरुकताले ढुंगेधाराहरु बचाउन सकिएको भएपनि पानीको मुहान बिस्तारै सुक्दै गएको उहाँको भनाई छ । सरकारले ढुंगेधाराको संरक्षण गर्नका लागि र पानीको मुहान नसुकोस् भन्नका लागि अनुसन्धान गर्नुपर्ने उहाँले बताउनुभयो ।

रविन कपाली, मंगलटोल सुधार समिति सदस्य, भन्नुहुन्छ ,

यस दिनमा भगवान शिवजीका पुत्र कुमारको पनि पुजाआजा गर्ने गरिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here