चितवन,१९, जेठ ।
पूर्वी चितवनको खैरहनीमा भारतीय नम्बरको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा खैरहनी नगरपालिका ८ बस्ने २१ वर्षीय विश्वास गुरुङ छन् । उनी चितवनकै कालिका नगरपालिका ४ का स्थायी बासिन्दा हुन् ।बुधबार राति खैरहनी नगरपालिका वडा नं. ९ सिमलटाँडी नजिकै जेएच ०१ डिएक्स ७७-३९ नम्बरको भारतीय नम्बर प्लेटको कारले बागमती प्रदेश ०३-००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गुरुङ सख्त घाइते भएका थिए ।उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले बताए ।ठक्कर दिने कार र चालक विहारको पश्चिम चम्पारण जगदीशपुर ४ बस्ने ३५ वर्षीय आलोक कुमारलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।







