काठमाडौं,१९, जेठ  ।

पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरिएको छ ।बिहीबार पूर्वराजा शाहको २१औँ पुण्यतिथिको अवसरमा ललितपुरको जावलाखेलस्थित उहाँको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो । योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा पूर्वराजा शाहको शालिकमा माल्यार्पण तथा दिपप्रज्वलन गरिएको थियो । श्रद्धाञ्जली दिन पुगेकाहरुले उहाँलाई राष्ट्रिय एकताको प्रतीक र विकासप्रेमी राजाको रुपमा स्मरण गरेका थिए । पूर्वमन्त्री दुर्गा श्रेष्ठले पूर्वराजा शाह राष्ट्रको एकताको प्रतीक रहेको उल्लेख गर्नुभयो । उहाँले विकासप्रेमी, जनतालाई सुशासन दिने राजाको रुपमा स्मरण गर्नुभयो । पूर्वराजा शाहले देशलाई शान्ति क्षेत्र कायम गर्न अथक प्रयास गर्नुभएको उहाँले बताउनुभयो ।योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्का उपाध्यक्ष विमलराज शर्माले पूर्वराजा वीरेन्द्र शाह राष्ट्रवादी राजा भएको बताउनुभयो । उहाँले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न ११६ राष्ट्रको समर्थन गराएको भन्दै पूर्वराजा शाहको प्रशंशा गर्नुभयो ।वि.सं. २००२ साल पुष १४ गते जन्मिनुभएका पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको २०५८ साल जेठ १९ गते सपरिवार निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here