काठमाडौँ , जेठ , १९ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । नारायणहिटी दरबारको त्रिभुवन सदनमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन,अधिराजकुमारीहरु श्रुतिलगायत राजपरिवारका नौ जनाको एकै प्रकरणमा हत्या गरिएको थियो । आज सम्म यो हत्याकाण्डमा कुनै पनी दोषीलाई सजाय पाएको छैन । आज पनी यो हत्याकाण्डमा कस्को संगलगता थियो पत्ता लागेको छैन । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरियो । यो बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्ड रहस्यमय नै छ । राजसंस्था अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको यतिका वर्ष हुँदा पनि हत्याकाण्डको छानबिन भएको छैन ।








