संखुवासभा, १८ जेठ ।
चैनपुर नगरपालिका–१, संखुवासभामा सुख्खा पहिरोले दुई जना पुरिएका छन् ।नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले अनलाइनखबरलाई बताए ।प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका छन् । स्काभेटरको प्रयोगबाट उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।






