काठमाडौँ, जेठ १५  । आज जेठ १५ अर्थात् गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस माइँदैछ । राज्यशक्ति सबै जनतामा रहनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको दिनका रुपमा हरेक वर्ष आजको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको थियो । आज गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायतका उच्चपदस्थ व्यक्तित्वहरुको सहभागीमा कार्यक्रम भइरहेको छ । कार्यक्रममा सर्वत्र शान्तिको कामना गर्दै शान्तिको प्रतिक परेवा उडाइनेछ । कार्यक्रममा नेपाली सेनाले सलामी अर्पण गर्नेछ भने हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गराइने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here