जेठ ,11 काठमाडौं बुधबार सुन-चाँदीको मूल्य बढेको छ। केही दिन यता स्थिर रहेको सुन-चाँदीको मूल्य आज बढेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो साताको पहिलो दिन अर्थात् आइतबारदेखि मंगलबारसम्म सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो। चाँदी भने प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

यसर्थ, आज सुन प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here