रौतहट, ११ जेठ ।
रौतहटको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखहरुको तेस्रो चरणको पद तथा गोपनियताको बुधवार सम्पन्न भएको छ । जिल्ला न्यायधीश एवम् रौतहटका मुख्य निर्वाचन अधिकृत काजी बहादुर राइले नगरपालिकाको प्रमुखहरुमा निर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
गौर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मतगणना सम्पन्न भएको जिल्लाको स्थानीय तहमध्ये ५ पालिकाका प्रमुख उपस्थित थिए । उपस्थित प्रमुखलाई सपथ गराउँदै राइले जनताको सेवामा समर्पित हुन सुझाव दिएका छन् ।
बुधबार सपथ लिने प्रमुखहरुमा देवाहीगोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह, वृन्दावन नगरपालिका नगर प्रमुख बिनोद प्रसाद पटेल, गढिमाई नगरपालिका नगर प्रमुख श्याम प्रसाद यादव, बौधिमाई नगरपालिका नगरप्रमुख प्रदिप राय यादव र यमुनामाई गाउँपालिका अध्यक्ष मोहम्द सउद रहेका छन् ।
कार्यक्रममा विभिन्न पालिकामा खटिएका निर्वाचन अधिकृत लगायत सम्बन्धित कर्मचारीहरुको उपस्थिती रहेको थियो ।







