विदेशी विनिमय संचितिमा विप्रेषणको योगदान महत्त्वपूर्ण छ। तर पछिल्लो वर्ष ११ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स अहिले आएर घट्दै गएको छ। यसको कारण केलाउदा विदेशी पर्यटकको संख्यामा निकै नै कमी आउनु र विदेश जाने कामदारको संख्यामा कमी आउनु पनि देखिन्छ ।
कोभिड महामारी शुरु हुनु अघि नेपालले
लगातार आर्थिक वृद्धिदर हासिल गरेको थियो । तर पछिको वर्षमा आर्थिक वृद्धिदर घट्दै गएको विश्व बैंकको तथ्यांक छ।यसरी हेर्दा मुलुकको अर्थतन्त्र मन्दी तिर गइरहेका देखिन्छ ।
मुलुकमा विदेशी विनिमय संचिति वृद्धि गर्न सरकार सक्दो प्रयासमा लागेका छन्। मुलुकमा विदेशी विनिमय संचिति वृद्धिकै निमित्त नेपाल सरकारले नागरिकलाई मुलुकमा डलर खाता खोल्न
भनिरहेका छन् जसले गर्दा देखा परेको आर्थिक मन्दीलाई रोक्न सहयोग पुग्ने छ। आफ्नो मुलुक सबैलाई प्यारो हुन्छ ।सबै नागरिकले आ-आफ्नो ठाउँबाट मुलुकलाई माया र सहयोग गर्ने चाहन्छन् । नागरिकहरूले नेपालमा डलर खाता खोल्न ईच्छुक भए र खोले पनि।
खातामा डलर हाल्न मिल्ने तर डलर झिक्न अथवा ट्रान्सफर गर्न खोज्दा निकै नै कठिनाइ भोग्नु परेको देखिन्छ जसले गर्दा डलर खाता खोलेका नागरिकमा एक किसिमको निराशापन देखिएको छ।
सरकारले विदेशमा रहेका नेपालीहरुलाइ नेपालको बैंकमा डलर खाता खोल्न भनिरहेको छ तर बैंकहरुले राष्ट्र बैंक को निर्देशन भनेर डलर खाताबाट डलरमा रकम झिक्न प्रतिबंधित गरेको छ ।यसरी डलरखातामा प्रत्येक महिना डलर जम्मा गर्ने तर आफुलाई चाहिएको बेला डलर ट्रान्सफर गर्न नमिल्ने भएपछि नागरिक निरुत्साहित हुने पक्कै हो।
डलर खातामा नगद हाल्ने , झिक्ने र ट्रान्सफर गर्ने प्रक्रिया सरल र सुलभ भयो भने धेरै नागरिकहरु मुलुकमा डलर खाता खोल्न उत्साहित हुन्थे होला।
नागरिकको यी यस्ता समस्यामा सम्बन्धित निकायहरूको ध्यानाकर्षण भयो भने अगामी दिनहरूमा नागरिकहरु डलर खाता खोल्न अझै उत्साहित हुनेछन् होला।