काठमाडौं ,६, जेठ ।

दोलखाको भिमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्‍मेदवार ईश्वर नारायण मानन्धर र उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित भएका छन् ।कांग्रेस उम्मेदवार इश्वर नारायणले निकटतम् प्रतिस्पर्धी एमालेका हरिवंश चौलागाईलाई १४०० बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

मानन्धरले ८७२३ मत ल्याउँदा एमालेका भचौलागाईले ७३०१ मत मात्र पाए ।यस्तै नगरको उपमेयरमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्‍मेदवार संगीता तामाङलाई ३०० बढी मतले पराजित गर्दै एमालेकी कमला बस्‍नेतले जितेकी हुन् । कमलाले ७२६४ मत ल्याउँदा समाजवादीकी संगीता तामाङले ६९२१ मत मात्र पाइन् ।यसअघि ०७४ सालमा कोल्हबी नगरको मेयरमा भरतबहादुर भण्डारी र उपमेयरमा सुइना थरुनी निर्वाचित भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here