सुधा मिश्र।
नेपाल र भारतबीच रोटीबेटीको संबन्ध रहिआएको छ । नेपालका छोरीहरु बुहारी बनेर भारत पुगेका छन् भने भारतीय छोरीहरु बुहारी भएर नेपाल आएका छन् । यस्तै रोटीको खोजीमा पनि थुप्रै नेपालीहरु भारत पुगेका छन्। भारतका राजधानी नयाँदिल्ली होस् कि बिहार होस् कि पंजाब विभित्र सहरहरूमा नेपाली नागरिकहरु श्रमको लागि पुगेका छन् ।
शिक्षा हासिलको निमित्त पनि नेपाली विद्यार्थीहरु भारत पुगने गरेका छन्। भारतका नयाँदिल्ली, बेंगलोर जस्ता थुप्रै सहरहरूमा नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न पुगेकाछन्। मेडिकल, इन्जिनियरिङ, बी.बी.ए., नर्सिङ जस्तै विभित्र विधामा ज्ञान हासिल गर्न नेपाली विद्यार्थीहरु भारत पुगने गरेका छन् । नेपाली नागरिकलाई भारत आवतजावत गर्न भिसा चाहिदैन। बिना भिसा नै नेपाली नागरिकहरु भारतको कुनैपनि ठाउँमा आवतजावत गरिरहेका छन् र गर्न सक्छन् । नेपाल र भारत बीचको परम्परा र सांस्कृतिक चलनहरु पनि धेरैजसो मिलेको छ। धर्मकर्म र तीर्थयात्रका लागि पनि नेपाली नागरिकहरु भारत पुगने गर्छन्।
अहिले मोडर्न टेक्नोलोजीको जमाना भएको हुनाले फोनको सिमकार्ड बिना जीवनयापन नै गार्‍हो हुन जान्छ । नेपालीहरु भारतमा सिमकार्ड लिन खोज्दा उनीहरू सँग भारतीय निकायले भिसा देखाउन भन्छन् जो नेपाल र भारत बीच खुला आवतजावत भएकोले नेपाली नागरिक सँग हुदैन जसकारण नेपाली नागरिकहरु भारतीय सिमकार्डको प्रयोग गर्न पाउनबाट बंचित हुनजान्छन्।
नेपाली नागरिकहरु आफ्नो समस्या लिएर भारतको राजधानी नयाँदिल्ली स्थित नेपाली दुताबासमा आफ्नो समस्या लिएर जाँदा नेपाली दुताबासले नेपालीलाई भारतीय सिमकार्ड लिन भिसा चाहिदैन भनेर भन्छन् भने भारतीय निकायले बिना भिसा नेपालीलाई सिमकार्ड दिने गरेका छैनन् । हुनत धेरैजसो नेपालीहरुको कोहीनकोही भारतमा जस्तै आफ्नत ,साथीभाइ ,छिमेकी रहेकाले उनीहरूबाट सिमकार्ड लिएर आफ्नो काम चलाइरहेका हुन्छन् । नेपालीको सिमकार्ड संबंधित समस्या प्रति नयाँदिल्ली स्थित नेपाली दुताबासको उदासिनताले नेपालीहरु निकै नै समस्या भोगिरहेका देखिन्छन् ।
भारतमा शिक्षा हासिल गरिरहेका र श्रम गरिरहेका नेपालीलाई अर्को मुलुक जानुपर्दा पुलिस सर्टिफिकेट चाहिन्छ । पुलिस सर्टिफिकेट दिनको लागि पनि भारतीय निकायले भिसाको खोजी गर्ने गर्नेछन् तर नेपाल र भारत बीच खुला आवतजावत भएकाले नेपाली नागरिक सँग भिसा हुँदैन र बिना भिसा नेपालीले पुलिस सर्टिफिकेट पाउँदैनन् । परराष्ट्र मन्त्रालय, भारतको राजधानी नयाँदिल्ली स्थित नेपाली दुताबास र संबंधित निकायको नेपालीका समस्याहरु प्रति ध्यानाकर्षण होस् जसले गर्दा नेपाली नागरिकलाई समस्या भोग्नु नपरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here