काठमाडौं,१९,वैशाख।

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए ।स्थापित काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवार छन् ।यही वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । प्रश्नकर्तालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिका सम्बन्धमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए । आयोगले यही विषयमा स्थापितलाई स्पष्टीकरण सोधेको हो ।आयोगका अनुसार उक्त अभिव्यक्ति ‘तपाईंले यस्तो भन्नुभएको हो कि होइन ? भनेको भए आचारसंहिता विपरीत भयो कि भएन ?’ भन्ने प्रश्नको स्पष्टीकरण दिन भनेर स्थापितलाई पत्र पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here