रौतहट, ११ वैशाख । प्रदेश साँसद पूर्व राज्य मन्त्री डाक्टर डिम्पल कुमारी झाको लामो समयको जिवन संघर्ष पश्चात शनिवार राति यो संसारबाट छाडेकि छिन् ।
लामो समय देखि क्यान्सरबाट जंग लडेरहेकी रौतहटको दुर्गा भगवती वडा नम्वर ३ मत्सरी निवासी रहनु भएकी झा क्यान्सरलाई जित्न सकेनन, गएराति उनी यो मानवरुपी संसारबाट सधैको लागि विदा भएकी हुन् ।
गजेन्द्र नारायण सिंहको विचारबाट प्रभावित भएर विद्यार्थी राजनिति सुरु गरेर नेपालमा मधेशको राजनिति गर्ने नेता मध्ये एक रहनु भएका रौतहट क्षेत्र नम्वर १ को साँसद अनिलकुमार झाको ४२ बर्षिय श्रीमती डिम्पल शालिन विचारधार, प्रखर वक्ता, निर्भिक्क, भई राजनीतिक गरेकी तर सानो राजनीतिक यात्राबाट सधैको लागि विदा हुनु मत्सरी मात्रै नभई अहिले सिंगो मुलुकले एक कुशल नेतृ गुमाएको छ ।
भारत सितामढी जिल्ला शशौला गाउँ निवासी सुदर्शन पाठकको छोरीको रुपमा जम्एिकी डिम्पल झाको विहे पश्चात उनको श्रीमान अनिल झाले उच्च शिक्षाको साथै आयुर्वेदको चिकित्सक बनाएपनि उनको रुची राजनीतिमा देखिदा चिकित्सा पेशा छाडेर यत्रा तिर लागिन । जे भएपनि उनी निर्भिक्क, प्रखर, जुझारु, लडाकु मधेशी महिलालाई देशले गुमाएको हो । उनको कमीलाई कसैले पनि पुरा गर्ने छैनन् ।
झाको पार्थिव शरीर संघिय राजधानी स्थित निवासमा अन्तिम दर्शनको लागि राखिएको छ त्यसपछि ८ बजे पैतृक गाउँ दुर्गा भगवतीको मत्सरीको लागि प्रस्थान गरिने छ, मत्सरी अन्तीम दर्शन पछि आजै २ बजे पवित्र वागमती किनारमा लगेर अन्तिम संस्कार गरिने कार्यक्रम निर्धारण गरिएको पारिवारिक श्रोतबाट बुझिएको छ ।
साँसद डिम्पल झाको निधनबाट झा परिवारलाई पर्न गएको अपूर्णिय क्षति तथा धर्यधारण गर्न माँ भगवतीले हौसला प्रदान गर्नुको साथै शोकसन्तप्त परिवारप्रति हार्दिक शमवेदना व्यक्त गर्दै स्व। डिम्पल झाको वैकुण्ठबासको हार्दिक कामनाको साथै रेडखबर परिवारले पूर्व मन्त्री झा प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here