कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको सूचना प्रविधि मेला क्यान इन्फोटेक नाम मात्रको भएको देखिएको छ ।बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको सूचना प्रविधि मेला क्यान इन्फोटेक कर्मकाण्ड पूरा गर्नको लागि मात्रै आयोजना गरिएको देखिएको हो । विगत धेरै वर्ष अगाडि देखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी गर्ने उद्देश्य भएता पनि यो वर्षको मेलामा प्रिन्टर र ल्यापटप तथा गेम पार्लर भन्दा अन्य कुनै नयाँ प्रविधिको प्रदर्शनीमा देखिएको छैन । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रूपमा क्यान इन्फोटेक आयोजना हुँदै आएको छ । तर यसरी वर्षैपिच्छे सूचना प्रविधि मेला क्यान इन्फोटेक आयोजना गरिएता पनि विगतका वर्षहरुको भन्दा यो वर्षको मेला खासै नयाँ प्रविधिहरु प्रदर्शनी नदेखिएको अवलोकन गर्न आउने ग्राहकहरुले बताउनु भएको छ । प्रदर्शनी अवलोकन गर्न आउनु भएका पवन श्रेष्ठले क्यान इन्फोटेकमा नयाँ प्रविधि भन्दा पनि ल्यापटपहरु मात्रै धेरै राखिएको बताउनु भयो । उहाँले मोवाइल आइटम, गेम पार्लर र डिजिटल भुक्तानी सम्बन्धि सफ्टवेयर धेरै रहेको बताउनु भयो । अहिलेको नयाँ नयाँ सफ्टवेयर धेरै भएकाले हामीले यस्तो नजान्ने उहाँको भनाई छ । श्रेष्ठले क्यान इन्फोटेक प्रवेश शुल्क महँगो भए अनुसार प्रदर्शनी बालबालिका र विद्यार्थीहरुलाई मात्रै भएको तर अलि बुढापाकाहरुको लागि काम नभएको बताउनु भयो । त्यस्तै,अर्को अवलोकनकर्ता समर थापाले प्रदर्शनी हेर्न आए पनि खासै नयाँ केही पनि नभएको बताउनु भयो ।त्यस्तै, अर्का प्रदर्शनीमा हेर्न आउने गणेश थापाले पछिल्लो समय नेपाल नयाँ सूचना प्रविधिमा विकास गर्दै गएकाले आवश्यक सबै प्रविधिहरु अवलोकनमा पाएको बताउनु भयो । प्रदर्शनीमा हेर्ने भन्दा पनि आइटी क्षेत्रका विद्यार्थीहरुको लागि निशुल्क सिक्ने अवसर भएको उहाँको भनाई छ । क्यान इन्फोटेकमा अन्य आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, सूचना प्रविधि, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न खण्डहरू राखिएको छ । क्यान इन्फोटेकमा क्यानले साढे तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षागरेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here