?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

रौतहट ,९,गरुडा ।

रौतहट जिल्लाको गरुडा नगरपालिका– ७ भिमडाबरका दलित समुदायका महिलाहरुले तालिममा सहभागी गरेर यातायात खर्च नदिएको भन्दै नगरपालिका कार्यालय गरुडामा विरोध प्रदर्शन गरेकी छिन् ।लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत संचालन गरिएको ४ दिने प्रशिक्षण कार्यक्रममा सहभागी गरेर ८ दिनको हस्ताक्षर गराई रकम अनियमितता गरेको आरोप दलित समुदायका महिलाहरुले लगाएकी छिन् । गरिव परिवारका महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यले नेपाल सरकारले ग्रामीण उद्यमी विकास कार्यक्रम संचालन गरेका छन् । कार्यक्रम संचालनको लागि २७ लाख रुपैयाँ रहेको कार्यक्रमका स्रोत व्यक्ति चुनचुन यादवले जानकारी दिए । गरिवी निवारणको लागि संचालित कार्यक्रममा उद्यमी महिलाहरुलाई सीपमूलक तालिम दिने र सीप सिकेपछि उत्पादन गरेको सामग्रीको बजार व्यवस्थापन गर्ने लक्ष्य कार्यक्रमको रहेको छ । गाउँमा तालिम गराउनु पर्नेमा त्यहा नगराई शिवनगरमा तालिम गराएको र तालिममा सहभागी भएको बापतमा पाउनु पर्ने रकम समेत नदिएको स्थानीय महिला सुशिला देवी रामले आरोप लगाएकी छिन । विरोध प्रदर्शनमा सहभागी भएकी विजुल्बती देवी राम, कोशीला देवी राम, निभा देवी राम, महेजर देवी राम, सुनिता देवी राम, ममता देवी राम, किरण देवी, सपना देवी , श्रीपति देवी राम लगायतका सहभागी ३३ जना महिलाले तालिमको रकम चुनचुन यादवले अनियमिता गरेको आरोप लगाएकी छिन् ।

उनीहरुले तालिम गरेपछि भत्ता दिने भनेको र माग्न आउदा भत्ता दिने व्यवस्था नरहेको बताएको जानकारी दिइन् । उद्यम विकास सहजकर्ता सिन्कु यादव, सरीता मण्डलले ४ दिन सम्म मैनबती बनाउने तालिम दिएको र ३ महिनाको हाजिरी गराएको आरोप समेत लगाएकी छिन् । सहजकर्ता मण्डलले १ दिने अभिमुखीकरण कार्यक्रम, १ दिने ग्रामीण लेखा जोखा सम्वन्धी प्रशिक्षण , ८ दिने ग्रामीण उद्यमशिलता सम्वन्धी सीप सिकाउने योजना रहेकोमा सोही अनुसार कार्यक्रम सञ्चालन गरेको बताइन् । उनले ४ दिने तालिम संचालन गरिएको स्वीकार गरेपनि भत्ता दिने व्यवस्था रहेको बा नरहेको भने बारे आपूmलाई कुनै जानकारी नभएको बताइन् । सीपमूलक तालिम प्रदान गर्ने र सहभागीको खाजा खर्च मात्र दिने व्यवस्था रहेको जानकारी कार्यक्रमका स्रोत व्यक्ति यादवले जानकारी दिए । २० लाख रुपैया खाजा खर्च र स्टेसनरी खर्च तथा प्रशिक्षकको पारिश्रमिकको लागि खर्च गरिने निर्देशिका मा व्यवस्था गरिएकोले रकम अनियमितता नभएको उनले दावी गरे । २०७८ माघ १० गते देखि शुरु भएको कार्यक्रममा सहभागीहरुले कुनै किसिमको गुनासो नगरी अहिले निर्वाचनको बेला विपक्षीको बहकाउमा परेर विरोधमा उत्रेको टिप्पणी गरे ।निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले महिलाहरुलाई आउँदो बुधवार सम्म समस्याको समाधान गर्ने आश्वासन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here