काठमाडौं,६ वैशाख, ।
मंगलबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावल सुनको मूल्य तोलामा एक लाख २ हजार एक सयउ रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख एक हजार ६ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावल सुनको मूल्य एक लाख २ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार रुपैयाँ थियो ।यस्तै चाँदीको मूल्य आज स्थिर छ । सोमबार जस्तै आज चाँदीको मूल्य तोलामा एक हजार ४ सय २० रुपैयाँ कायम भएको छ ।






