पोखरा,५ वैशाख, ।

कास्कीका स्थानीय तहहरुमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।जनता समाजवादी पार्टी (जसपा) ले सम्मानजनक सिट बाँडफाँट नभएको भन्दै विरोध जनाएपछि आज बिहानको बैठक निष्कर्षमा पुग्न नसकेको हो । हिजोको बैठक पनि निष्कर्षविहीन भएको थियो ।जसपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश उपाध्यक्ष आमोद थापाले आजको बैठकमा कुनै सहमति नभएकाले दिउँसो एक बजे फेरि बैठक बस्ने बताए ।सम्मानजनक प्रस्ताव नआए एकल रुपमा चुनाव लड्ने जसपाले जनाएको छ ।जसपाले पोखरा महानगरपालिकामा उपमेयरमा दाबी गरेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिका अध्यक्ष पदमा दाबी गर्दै नवराज पौडेललाई उम्मेदवार तोकिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here