मलंगवा,4,बैशाख ।
सर्लाहीको मलंगवामा पहिलो पटक आयोजना भएको जेसिआइ फैशन रनवे २०२२को उपाधि पुरुषतर्फ अर्पित अमन र महिलातर्फ स्वेच्छा सोनीले जितेकी छिन् ।त्यसैगरी मोहम्मद रजा र स्नेहा कुशवाहाले दोस्रो स्थान प्राप्त गरेका छन् भने दानिस मिकरानी तथा नानु कमारी साहले तेस्रो स्थान प्राप्त गरिन् । सो प्रतियोगितामा ९ जना किशोर तथा ५ जना किशोरी सहभागी भएकी थिइन् । विजेताहरुलाई शनिबार आयोजित एक समारोहबीच पुरस्कृत गरिएको छ । मलंगवा जुनियर जेसीजको आयोजनामा लक्ष्मी महन्त राम औतार फैसन प्रतियोगितामा १४ देखि १६ वर्ष उमेरका किशोर किशोरीहरु सहभागी भएका थिए ।
कलिलो उमेरका युवाहरुको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने अभिप्रायले प्रतियोगिताको आयोजना गरिएको मलंगवा जेसीजका भूपूअध्यक्ष एवं जेसीज सिनेटर नागेन्द्र प्रसाद यादवले बताए । उनले किशोर किशोरीहरुमा लुकेर रहेको प्रतिभाहरुलाई उजागर गर्नुका साथै समाजमा फैशनको छुट्टै पहिचान दिलाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए ।गत चैत १६ गते सम्पन्न भएको प्रतियोगिताको अडिसन राउण्डमा छनोट भएकाहरुलाई कोरियोग्राफर मोहम्मद असलम मिकरानीले ड्रेस अप सेन्स,डिसिप्लिन फोटोशूट,¥याम्प वाक ,क्याट वाक,फेस एक्सप्रेशन लगायतका बारेमा प्रशिक्षण दिएर फाइनल राउण्डको लागि तयार पारेका थिए । मलंगवा जेसीजका भूतपूर्व अध्यक्ष सुवोधहरि राजोपाध्यायले संचालन गरेको कार्यक्रममा प्रतियोगी मोडेलहरुको जजमेन्ट बेस्ट फेशन मोडल अफ काठमाण्डु कुशुम रसाइली र मिस्टर वीरगञ्ज २०१६ को उपाधि विजेता अमन सहनीले गरेका थिए ।







