जनकपुरधाम,4,बैशाख ।
जनकपुरधामको राजदेवी मन्दिर अगाडिको विद्युत ट्रान्सफरमा आगलागी भएको छ ।विद्युत सर्ट सर्किट भएर आगलागी हुँदा पोल र विद्युतका तारमा क्षति पुगेको छ । शनिबार भएको सो आगालागीका कारण सो क्षेत्र त्रसित भएको थियो । ट्रान्सफरमर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने सोही कारणले नेपाल विद्युत प्राधिकरणले तीन घण्टा विद्युतको लाइन काटेको थियो । प्रचण्ड गर्मीको कारण यस्तो आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।








