रौतहट, ३० चैत्र ।
गढीमाई नगरपालिकाका मेयर यादव र उपमेयर गुप्ताले आफुले प्रयोग गर्दै आएका सवारी साधनहरु फिर्ता गरेको छ ।
आचार संहिता लागु हुने बितिकै रौतहटका स्थानीय तहहरुमा जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएका सरकारी गाडी फिर्ता गर्दै छन । यहि क्रममा रौतहट जिल्लाको पूर्वी भेगमा अवस्थित गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव र उपनगर प्रमुख सुभद्रा गुप्ताले सुविधा बापत लिएको सबारी साधन आज बुधबार नियमित प्रशासकिय अधिकृत नागेन्द्र्र यादव मार्फत नगरपालिकालाई बुझाईएको छ ।निर्वाचन आचारसहिता लागु भएपछि नगर प्रमुख यादवले आफु चढदै आएको सरकारी सवारी साधन फिर्ता गरेका हुन् ।








