रौतहट, ३० चैत्र ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका स्थित रहेको श्री जनता माध्यमिक विधालयको भवनको उदघाटन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
पुर्वमन्त्री तथा एमाले स्थायीकमिटी सदस्य प्रभु साहको प्रमुख आतिथ्यमा रौतहट जिल्ला को श्री जनता उच्च मावि कटहरिया नगरपालिका वडा नम्बर ५ को ल्याब, लाइब्रेरी तथा प्राबिधिक विद्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
विधालय भवनको उदघाटनकार्यक्रममा नगरक्षेत्रको शिक्षा विकासका लागि योजदान पुर्याएकाहरुको सम्मान कार्य समेत गरिएको हो । समुदघाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले जिल्लाकै पुरोना विधालयको रुपमा रहेको यस विधालयको संरक्षण सम्बद्धनमा सबैले सहयोग र सहकार्य गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । कार्यक्रमका विशिष्ठ अतिथि निवर्तमान प्रदेश सन्सद कुन्दन कुशवाहाले नगरपालिकामा शिक्षा विकासमा नगर प्रमुख कुशवाहाले अथक प्रयास गरेको सक्षम समेत भएकोले प्रशंसा समेत गरेका छन् । उदघाटन तथा सम्मान कार्यक्रम कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहाले शिक्षा नै देश विकासको मुख्य एजेन्डा रहेको र यसको विकासमा सबैले ध्यानदिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नगर प्रवक्ता र मधेस प्रदेश कमिटि सदस्य चन्दन कुशवाहा, विधालयका प्रअ लगायत सयौंको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here