२५ चैत, काठमाडौं ।
सरकारले जेष्ठ नागरिक अस्पताल बनाउनका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जेष्ठ नागरिकलाई विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिएका हुन् ।अस्पताल निर्माण लागि स्वास्थ्य मन्त्रालयले सह–सचिव मदन भुजेलको नेतृत्वमा तीन सदस्य टोली गठन गरेको छ ।टोलीले अस्पताल कुन ठाउँमा बनाउने, आवश्यक जग्गा व्यवस्थापन र लागत स्टिमेटबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने छ ।स्वास्थ्य मन्त्रालयका अनुसार अस्पताल निर्माणका लागि चितवन र हेटौँडामा जग्गा खोजी भइरहेको छ ।








