जनकपूर, चैत्र, १७
मन्त्रिपरिषद बैठकले तेजाव आक्रमणविरुद्ध र यौनहिंसा बिरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै तेजाव आक्रमण र यौनहिंसा पीडितलाई कारवाही गर्न समस्या पर्ने देखिएसँगै सरकारले यी दुई अध्यादेश जारी गर्न लागेको हो ।
मन्त्रिपरिषद्ले नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरुले उजुरी गरेका थिए । लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिले बढुवा सिफारिस सदर गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआइजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । बढुवा विरुद्ध उजुरी गर्ने डीआइजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।







