१७ चैत, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले देशको संकट मोचन गर्ने भए पनि त्यसलाई स्वीकार्न नसक्ने अवस्था रहेको बताएका छन् ।रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा प्रचण्डले माओवादी केन्द्रले विगतमा पनि देशलाई अप्ठ्यारो परेको बेला सम्हालेको भन्दै फेरि पनि सम्हाल्ने बताए ।
उनले नेपालको आर्थिक स्थिति श्रीलंकाको जस्तै स्थितिमा पुगेको भन्ने सुनिन आएको तर हाम्रो स्थिति सम्हाल्न सक्ने अवस्थामा नै रहेको बताए । उनले हाम्रो स्थिति श्रीलंकाको स्थितिमा नपुग्ने बताए ।‘भोलि अप्ठेरो स्थिति आउन सक्छ । तर, अहिलेको समस्या समाधानका लागि पहल सुरू भइरहेको छ,’ उनले भने, ‘गठवन्धनको नेताको हैसियतले भन्नुपर्दा यो स्थितिलाई हामी सम्हाल्नेछौं ।’उनले यसबारेमा आफूले अर्थशास्त्रीसँग छलफल गरिरहेको जानकारी पनि दिए ।







