काठमाडौं, चैत्र, १४ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पूँजी, प्रविधि र व्यवसायिक ज्ञान, सीप र कौशल मुलुकको रुपान्तरणका निम्ति उपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ ।
गैर आवासीय नेपाली संघको १० आंै विश्व सम्मेलनको समापनको अवसर बोल्नु हुँदै प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रुपान्तरण र दीगो विकासका लागि ठूलो पूँजी र प्रविधिको आवश्यक्ता रहेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपालीहरुले पुरकको भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

नेपालको संविधानले अर्थ, उद्योग, वाणिज्य नीति अन्तरगत गैर आवासीय नेपालीहरुको ज्ञान र सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासका उपयोग गर्ने कुरालाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक विभिन्न नीति र कानुनी सुधार गर्दैै गैर आवासीय नेपालीहरुलाई सहज रुपमा लगानी गर्न सक्ने तथा लगानीको प्रतिफल सुनिश्चित गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीहरुको सम्पत्ति र लगानीको संरक्षण गर्ने काममा सरकार सदैव सकारात्मक रहेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाल र नेपालीको अप्ठ्यारो परेको बखत गैर आवासीय नेपाली संघबाट प्राप्त साथ, सहयोग र समन्वय गरेकोमा सरकार आभार र धन्यवाद व्यक्त गर्दछ । गैर आवासीय नेपाली संघले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गर्न र भावी पुस्तामा हस्तान्तरण गर्न समेत सेतुको रुपमा काम गरेको छ ।

यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा पनि नेपाली नेपाली माटो र नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्न सक्ने आफ्ना क्रियाकलापहरुलाई सशक्त रुपमा अघि बढाउने विश्वास लिएको छु । आज विश्वभर छरिएर रहेका नेपालीहरुको पहिचान र गरिमा बढाउनका साथै विभिन्न पेशा, व्यवसायमा संलग्न रही सम्बन्धित देशको विकास, निर्माणमा समेत योगदान पु¥याएका छन । विदेशमा आर्जन गरेको पूँजी, प्राविधिक तथा व्यवसायिक ज्ञान, सीप र कौशललाई मुलुकको रुपान्तरणका निम्ति लगानी गर्न म यस संस्थाका सबै गैर आवासीय नेपाली साथीहरुलाई यसै मञ्चबाट आग्रह गर्न चाहन्छु । नेपालको संविधानले अर्थ, उद्योग, वाणिज्य नीति अन्तरगत गैर आवासीय नेपालीहरुको ज्ञान र सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासका उपयोग गर्ने कुरालाई प्राथमिकता दिएको छ ।

गैर आवासीय नेपालीहरुको लगानीलाई मुलुकको समृद्धि, नवनिर्माणको खातिर उपयोग गर्न सरकारले विभिन्न नीति र कानुनी सुधार गरी सहजीकरण गर्दै आएको छ । यसलाई आगामी दिनमा पनि क्रमशः सुधार गर्दै गैर आवासीय नेपालीहरुलाई सहज रुपमा लगानी गर्न सक्ने, लगानीको प्रतिफल सुनिश्चित गर्न सक्ने वातावरण निर्माण गरिनेनै छ । मुलुकको तीव्र रुपान्तरण र दीगो विकासका लागि आधुनिक स्तरका भौतिक पूर्वाधारहरु बन्न आवश्यक छ । आज मुलुकलाई ठूलो विद्युत आयोजना, सडक, टनेललगायतका परियोजनाहरु कार्यान्वयन गर्न पूँजी र प्रविधि दुवैको खाँचो छ । यो खाँचोलाई पूर्तिगर्न सबै गैर आवासीय नेपाल संघले पुरकको भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरामा म विश्वस्त छु । विश्वभर छरिएर बसेका नेपालीहरुको असंगठित पूँजी र प्राविधिक ज्ञानलाई संगठित र एकीकृत गरेर मुलुकको आर्थिक विकासमा परिचालन गर्न अव गैर आवासीय नेपालीसमेत विभिन्न कार्यक्रमहरु बनाएर अघि बढनुपर्छ भन्ने मलाई लागेको छ । गैर आवासीय नेपाली संघको मागप्रति सरकार संवेदनशील छ । उनीहरुको नेपाल आगमनमा सहजीकरण देखि लिएर लगानी र सम्पत्ति संरक्षण गर्नेलगायतका काममा सरकार सधैं सकारात्मक रहनेछ । ’त्यस अवसरमा प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघले भूकम्पले ध्वस्त बनाएको बस्तीको पुनर्निर्माण र कोभिड संकटमा सघाउ पु¥याएको आभार समेत व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here