काठमाडौं, चैत,१२

युवा ब्याट्स म्यान रोहित पौडेलले कीर्तिमानी शतकीय पारी खेले पनि नेपाल भ्रमणकारी टोली पपुवा न्युगिनी (पिएनजी) सँगको दुई एकदिवसीय शृखंला अन्तर्गत शुक्रबारको पहिलो खेलमा ६ रनले पराजित भएको छ ।

मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेलको करियरकै पहिलो शतकीय योगदानका बाबजुद नेपालले शुक्रबार पिएनजीसँग साँघुरो हार बेहोर्न बाध्य भएको हो । एकदिवसीय क्रिकेटमा नेपालको पिएनजीसँग यो पहिलो हार पनि हो । यस अघिका पाँच भेटमा नेपालले सुखद् नतिजा निकालेको थियो । यस्तै रोहित १ सय २६ रनको यादगार इनिङ खेल्दै नेपालको तर्पmबाट सर्बाधिक ठूलो व्यक्तिगत स्कोर बनाउने खेलाडी भएका छन् । यसअघि पूर्वकप्तान पारस खड्काले संयुक्त अरब (युएई) विरुद्ध १ सय १५ रनको व्यक्तिगत स्कोर बनाएका थिए ।

रोहितले एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बटुल्ने सूचीमा ज्ञानेन्द्र मल्ललाई पनि पछि पारेका छन् । रोहितले १६ इनिङमा सर्वाधिक ५ सय ८८ रन जोड्दा ज्ञानेन्द्रले भने १९ इनिङमा ४ सय ८० रन जोडेका छन् । रोहितको कीर्तिमानी प्रदर्शनका बाबजुद नेपाल पिएनजीसँगको छैटौं एकदिवसीय भेटमा पहिलो पटक स्तब्ध भयो । नवौं विकेटका लागि साझेदारी गरेका सोमपाल कामी र कमलसिंह ऐरीले जित दिलाउन असफल रहे । यो जोडीले ३५ रनको साझेदारी गरेपनि जित सम्भव भएन ।२ सय ९३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गर्ने क्रममा नेपालका आरिफ शेखले ३४ रन, कुशल भुर्तेलले ३२ रन, सोमपाल कामीले अविजित १८, भिम शार्कीले १७, कमल सिंह ऐरीले १८ बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गर्न सकेनन् । पीएनजीका नोरमान भानुअले ३ विकेट लिए । यस्तै चाल्र्स अमिनी, असद भालाले समान २÷२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको सर्वाधिक रन हो । पीएनजीका दुई खेलाडीले अर्धशतक पूरा गरे । चाल्र्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । उनले १ सय ३ बलमा ६ चौका र १ छक्का प्रहर गर्दै सर्वाधिक इनिङ खेले । कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१ रनमा आउट भए । नोरमान भानुअले आक्रामक ४७ रन बनाए । जासन किलले १३ रनमा रहँदा सिमोन अटाइले २ रन बनाए । बलिङतर्फ नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १÷१ विकेट हात पारे ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here