cfOl;;L ljZj lnu lqms]6 RoflDkog;LkcGtu{t g]kfn / s]GofaLrsf] bf];|f] v]ndf ;f]daf/ ljhokl5 ;fd"lxs tl:a/df g]kfnL 6f]nL . tl:a/M /f]zg ;fksf]6f, /f;;
काठमाडौं, चैत्र, ९

आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा मंगलबार ७ विकेटको जित निकाल्दा नेपालले सान्तोवना जित निकालेको छ ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्दा नेपाल सात विकेटले विजयी भएको हो । नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय इनिङ खेले । ५० रन बनाएका कुशलले ६४ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै, ५९ रनमा अविजित रहेका आरिफले एक सय दुई बलमा चार चौका प्रहार गरे ।

यसबाहेक, नेपाली टोलीका खातामा रोहितकुमार पौडेलले अविजित ४४ रन थप्दा ओपनर आशिफ शेख दुई रनमा र दीपेन्द्रसिंह ऐरी सुन्यमै पभेलियन फर्किए । बलिङ तर्फ पिएनजीका चाल्र्स एमिनीले दुई विकेट लिँदा एलेइ नाओको नाममा एक विकेट रह्यो ।यसअघि टस हारेर ब्याटिङमा आएको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रनको योगफल तयार गरेको थियो । पिएनजीका कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै, चाड सोपरले २२, लेगा सिएकाले २० र सेसे बाउले १९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । यसबाहेक, पवन सर्राफ, दीपेन्द्र, आरिफ र करणले एक एक विकेट लिए ।डिभिजन २ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । तालिकाको पुछारमा रहेको पिएनजीले १६ खेलबाट दुई अंकमात्र जोडेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here