कीर्तिपुर ।

सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तिमा स्वबासीलाई जग्गा धनी प्रमाण पत्र लालपूर्जा वितरण गरेको छ ।२०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरि मंगलबार लालपुर्जा वितरण गरिएको हो । नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा वितरण गर्नुभएको हो । लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भमिहिन नागरिकलाई जमिन उपलब्ध गराउने पहिलो प्राथमिता रहेको बताउनु भयो । उहाँले भमिहिन नागरिकलाई जग्गा दिने चार महिनाको अभियानमा १५ हजार भुमिहिन नागरिकलाई लालपूर्जा वितरण गरि सकिएको बताउनु भयो । मन्त्री श्रेष्ठले राष्ट्रिय भुमि आयोग मार्फत अहिले रहेको भुमिहिन समस्या सदाका लागि अन्त्य गर्ने गरी काम गरिरहेको बताउनु भयो । उहाँले किर्तिपुरका स्वबासीका जनतालाई यो वर्षको कार्यक्रम नै नभएको बजेट तथा कर्मचारी अभावका बीच तत्काल जग्गा नापी गरेर भुमिहिन जनतालाई जग्गाको लालपूर्जा वितरण गरिएको बताउनु भयो ।मन्त्री श्रेष्ठले जग्गा पूर्जा वितरण गर्न खोज्यो भने गर्न सकिने रहेछ भन्ने एउटा उदाहरण भएको पनि बताउनु भयो । उहाँले सरकारले सहिद,बेपता परिवार,हलिया,कमैया,कम्लरी,हरुवा, चरुवा लगायत सिमान्तकृत समुदायका लागि नापी तालिमको व्यवस्था गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘

लेख्ने बाल्ने कुरा धेरै फरक हो । सबैभन्दा ठूलो कुरा काम गरेर देखाउने हो । देखेको सपना पूरा गर्न निरन्तर रुपमा अगाडि बढ्दा मात्रै पुरा हुन्छ । यो लालपूर्जा वितरण कार्यक्रम महत्वपूर्ण कार्यक्रम भित्र परेको कार्यक्रम होइन । केही जग्गा नाप्ने योजना रहेको थियो । सबै कुरा थिएन। काम गरेपछि के नहुने रहेछ भन्ने मात्रै उदाहरण हो यो । बजेट व्यवस्थापन तथा कर्मचारी अभाव नहुँदा नहुँदै जग्गा नापी गरेर लालपुर्जा वितरण गरिएको हो । सरकार बनेपछि मात्रै १५ हजार जग्गा विहिन नागरिकलाई लालपूर्जा वितरण गरिएको छ। अभियान चलाएको चार महिनाको बीचमा यो वितरण गरोका हौं । किर्तिपुर लगायत उपत्यकाको स्ववासी र बेनीसाको समस्या छ। यहाँको समस्या धेरै पुरानो हो । घर विहिन सुकुम्बासीलाई जग्गा दिने नेपाल सरकारको पहिलो प्राथमिकता रहेको राष्ट्रिय भुमि आयोग अभियानबाट संविधानमा व्यवस्था भएको भूमिहिन दलित,भुमिहिन सुकुम्बासीलाई जमिन उपलब्ध राउने रु अव्यवस्थित बसोबास गर्नेहरुलाई बसोबासको व्यवस्था कार्यान्वयन गरी भुमिसम्बन्धि समस्या समाधान गर्ने सरकारको पहिलो प्राथमितामा छ । सहित,बेपताका परिवार,हलिया,कमैया,कम्लरी,हरुवा, चरुवा लगायत सिमान्तकृत समुदायका लागि नापी तालिमको व्यवस्था सरकारले गर्न लागेको छ ।’

पुर्जा वितरण कार्यक्रममा काठमाडौं १० नं. क्षेत्रका सांसद राजेन्द्र कुमार केसी, प्रदेश सभा सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती रिजाल खड्कालगायत ५ वडाका पदाधिकारीहरू नापी विभाग, नापी कार्यालय, कलंकीका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here