रौतहट, २८ फागुन ।
रौतहट जिल्लाको गौर चपुर सडक खण्डको मोथियाही पुलनजिक फेला परेको शखास्पद बस्तु बम नरहेको पुष्टी भएको छ । शनिबार बिहान एउटा बोरा बेवारिसे आवस्थामा मुख्य बाटोमा देखा परे स्थानिले प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको प्रहरी सुरक्षा व्यवस्था कडा बनाई डिस्पोजल टोली खबर गरेका थिए । खबर प्राप्त हुन साथ घटना स्थल पुगेको डिस्पोजल टोलीले थालेको तयारी पछ िडिस्पोज गर्दा बम नभई अन्य ढुगाबाट बनाईका समानलाई ताती पारी बोरामा बेरी राखेको बताएका छन् । बम नभएको पुष्टी भए पछि आवगन पुर्णरुपमा सुचारु भएको प्रहरीले जनाएको छ ।








