आरएन पटेल । फाल्गुन २७ गते
रौतहटको बौधिमाइ नगरपालिकामा आज सम्मकै सबभन्दा ठुलो बिकास निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ । जिल्लाको बौधिमाइ नगरपालिका अन्तर्गतको इनरबारी, कोपवा र पिपरियाको मध्य भाग पर्ने इनरबारी – कोपवा सडक खण्डको बिच पर्ने बौधिमाइ -४ इनरबारीमा आज एक कार्यक्रम आयोजन गरि १५ सैया आधारभुत अस्पतालको भवन शिलान्यास कार्य रौतहट क्षेत्र नम्बर २ “ख” को प्रदेश सभा सदस्य तथा कार्यक्रमको प्रमुख अतिथि माननीय रामकिशोर राय यादव (किशोरी यादव) को करकमलबाट सु-समपन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका बौधिमाइ नगरपालिकाको नगर प्रमुख युवा मेयर राजिव रन्जन यादवको अथक प्रयास तथा कडा परिश्रमले केन्द्रीय योजना अन्तर्गत बौधिमाइ नगरपालिका-४ इनरबारीको श्री राम जानकी मठको जग्गा मध्ये करिब १७ कटठा जग्गामा भवन निर्माण हुने यस अस्पतालको शिलान्यास कार्यले सम्पुर्ण नगरबासी हर्सित भएका छन ।
बौधिमाइको इनरबारिमा निर्माण हुने यस अस्पतालले समग्र नगरबासी लगायत जिल्लाको अन्य पालिका तथा अन्य जिल्लाबासीहरुलाइ समेत स्वास्थ्य सेवामा सहयोग पुग्ने नगर प्रमुख यादवले बिश्वास व्यक्त गरेका हुन । १७ करोड २३ लाख ५३ हजार ३ सय १४ रुपैया ७३ पैसाको लगानिमा निर्माण हुने यस अस्पतालको निर्माण कार्य Shyam sundar -Uma-R.B. J /V Hetauda, Makawanpur ले सम्झौता गरेका छन । कम्पनिले यस अस्पतालको निर्माण कार्य अधिकतम २ वर्ष भित्रमा सम्पन्न गर्ने बताएका छन ।
कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा रौतहटको जिल्ला समन्वय समितिका सभापति रामएकवाल राय यादव, अतिथी नगर उप-प्रमुख प्रेमलाता कुशवाहा, जिल्ला प्रशासन कार्यलय रौतहटका कार्यालय प्रमुख, नेपाल प्रहरीका जिल्ला प्रमुख, शशस्त्र प्रहरी प्रमुख , बौधिमाइ नगरपालिकाका सम्पुर्ण कार्यपालिका सदस्य, स्वास्थ्य क्षेत्रका सम्पुर्ण कर्मचारी, स्वास्थ्य स्व्यमसेविका लगायत नगर भरिका नेता कार्यकर्ता, बुधिजिवि, लगायत हजारौको संख्यामा सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।